मिति २०७८/१२/०८ गतेदेखि २०७९ सालको लागि बीमा अभिकर्ता इजाजतपत्र नवीकरण कार्य Online System – ConnectIPS बाट मात्र हुने भएकोले सोही बमोजिम गर्नु/गराउनुहुन साथै बीमा समितिको बैंक खातामा नबिकरण वापतको रकम जम्मा नगर्नुहुन समेत जानकारी गराइन्छ ।
ईजाजत पत्र नबिकरण गर्दा देहाय बमोजिमको प्रकृयाबाट गर्नुहुन अनुरोध गरिन्छ ।
१. अभिकर्ता नवीकरण शुल्क भुक्तानीका लागि www.connectips.com मा लगइन गरी आफ्नो User ID भएमा सोही ID बाट Sign in गर्ने र नभएमा Sign up गरी नयाँ User बनाउन सकिने छ ।
२. Dashboard मा भएको Semi-Govt/Sansthan मा click गर्ने ।
३. Beema Samiti को Icon मा click गर्ने ।
४. Agent Payment मा click गर्ने ।
५. कुन खाताबाट शुल्क तिर्ने हो Sender Details बाट छान्ने ।
६. Agent License code मा बीमा अभिकर्ता इजाजत पत्र नं. Type गर्ने। (जस्तै: इजाजत पत्र नं. ५/१२३४ भए १२३४ मात्र राख्ने ।
७. इजाजत पत्र जारी मिति Calender बाट छनेर English date मा राख्ने ।
८. Agent type select गर्ने ।
९. Insurer Name छानेर Make Payment मा Click गर्ने । (भुक्तानी गर्नुपर्ने शुल्क आफैं देखिने छ) ।
१०. त्यसपछी देखिएको Detail सहि भएमा फेरी Make Payment गर्ने र आफ्नो Transaction Password वा Mobile/Email मा प्राप्त OTP राखी Transaction complete गर्ने ।
११. शुल्क भुक्तानी गरेको Slip Download/Print गरि सुरक्षित राख्ने (Transaction History मा समेत हेर्न सकिने) ।
१२. एउटै connectips User बाट एक भन्दा बढी इजाजत पत्रको नवीकरण शुल्क भुक्तानी समेत गर्न सकिने छ ।
१३. शुल्क भुक्तानी सफल भएपछि सम्बन्धित बीमकलई उपलब्ध गराइएको IRMIS system मार्फत बीमा समितिलाई Forward गर्ने ।
१४. बीमा समितिबाट Renew Approve भएपछि बीमा अभिकर्ताको नवीकरण प्रक्रिया पुरा हुनेछ।
१५. २०७८ सालको लागि नवीकरण भएका र २०७८ सालमा जारी भएका अभिकर्ता इजाजत पत्र मात्र २०७९ बर्षको लागि नवीकरण योग्य हुनेछन् ।
१६. बीमा अभिकर्ताको इजाजत पत्र जारी मिति (Issue Date) मा समस्या आएमा www.nib.gov.np → insurer → statistics → agent information मा गरी जानकारी लिन सकिने छ ।
१७. बीमा समितिबाट Renew Approve भएपछि बीमा अभिकर्ताको इजाजत पत्र नवीकरण भएको जानकारी www.nib.gov.np → insurer statistics → agent information बाट लिन सकिने छ ।
१८. शुल्क भुक्तानी सम्बन्धी जानकारी Youtube Link https://ww.youtube.com/watch?v=gvQxf6EPKT0 बाट समेत लिन सकिने छ ।
१९. बीमकले आफ्नो बीमा अभिकर्तालाई इजाजत पत्र नवीकरण भएको जानकारी दिनुपर्ने छ ।
२०. बीमा अभिकर्ता नवीकरण गर्दा कुनै समस्या भएका बीमाकले [email protected] मार्फत पठाउन सकिनेछ ।
पुनश्चः
२०७९ सालको लागि बीमा अभिकर्ता इजाजत पत्र नवीकरणको सम्बन्धमा उल्लेखित व्यवस्थाबाट मात्र गर्न सकिनेछ । यदि कुनै बीमा अभिकर्ताले आफ्नो इजाजत पत्र नवीकरण शुल्क अन्य माध्यमबाट समितिको खातामा जम्मा गरेको भएमा उक्त रकम फिर्ता लिन बीमा समितिमा निवेदन दिनु पर्नेछ । साथै अभिकर्ता इजाजतपत्र नवीकरणको लागि उल्लेखित प्रकृयाबाट मात्र गर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।
संस्थागत बीमा अभिकर्ताको हकमा संस्था नवीकरण प्रमाणपत्र र अघिल्लो आ. व. को करचुक्ता प्रमाणपत्र समेत [email protected] मा पठाएपछि मात्र हुनेछ ।