Sanima Reliance Life Insurance

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना

जारी गरिएको मिति: २०७७/०६/११

सिमित भुक्तानी सावधिक जीवन  बीमा योजना

सिमित भुक्तानी असिमित सुरक्षा 

 

यो योजना अन्तर्गत बिमितले तल उल्लेखित बीमा शुल्क भुक्तानी मध्ये आफ्नो इच्छा अनुरुप रोजेर सिमित समयको लागि बीमा शुल्क भुक्तानी  गरी  हरेक ५ वर्षमा जोखिम बहन  वृद्धिको लाभ पाउन सक्नेछन् ।

बीमालेख अवधि (वर्ष) बीमा शुल्क भुक्तान अवधि (वर्ष)
१०
१५ १२
२० १२ १६
२५ १२ १६ २०

जिवित  रहेमा: बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बोनस  (Simple Reversionary + Terminal, if any) पाइने   ।

मृत्यु भएमा: बीमा अवधिमा बिमितको मृत्यु भएमा देहाए बमोजिम कुल बीमाङ्क रकम र आर्जित बोनस  इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।

 वर्ष   बीमाङ्क रकम
१-५ बीमाङ्क रकमको १००%
६-१० बीमाङ्क रकमको १२५%
११-१५ बीमाङ्क रकमको १५०%
१६-२० बीमाङ्क रकमको २००%
२१-२५ बीमाङ्क रकमको २२५%

योग्यता:

न्यूनतम बीमाङ्क रकम                         रु. ५०,०००

अधिकतम बीमाङ्क रकम                    कम्पनीको प्रत्याभूति नियममा तोकिए बमोजिम

न्यूनतम प्रवेश उमेर                            १६ वर्ष

अधिकतम प्रवेश उमेर                        ६५ वर्ष

न्यूनतम बीमा अवधि                           १०  वर्ष

अधिकतम बीमा अवधि                       २५  वर्ष

अधिकतम बीमा समाप्ति उमेर            ७५  वर्ष

बीमा शुल्क भुक्तानी अवधि                 ८,१२,१६,२० वर्ष

अतिरिक्त सुविधाहरु:

दुर्घटना मृत्यु सुविधा
बीमालेख  अवधिमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा, इच्छयाइएको व्यक्तिलाई बीमाङ्क रकम बराबरको थप रकम वा रु.१ करोड मध्ये जुन कम हुन आउँछ सो रकम भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।

पूर्ण स्थायी अशक्तता सुविधा
बीमालेख  अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण  स्थायी रुपमा अशक्त भएमा,  बीमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।

बीमाशुल्क छुट सुविधा
बीमालेख अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा, घटना मिति पछि बीमाशुल्क भुक्तानी गर्नु पर्ने छैन ।

More Products
शुभलक्ष्मी (सावधिक जीवन बीमा)
शुभलक्ष्मी (सावधिक जीवन बीमा)

हामी नेपालीहरुको आकांक्षा अनुकूल हुने गरि नयाँ जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने कम्पनिको प्रतिवद्धता अनुसार कम्पनिको प्राविधिक तथा व्यवस्थापन  समुह र जीवन बीमाका विशेषज्ञ समेतको संयुक्त समुहबाट देशको सामाजिक तथा आर्थिक स्थितिलाई मध्य नजर गरि विभिन्न व्यवसाय वा पेशामा संलग्न समूह तथा व्यक्तिहरुको लागि उपयुक्त हुने अपेक्षा लिई “सानिमा शुभ लक्ष्मी” (सावधिक) जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गरिएको छ । कम्पनिले आर्जन गरेको मुनाफामा सरिक हुने गरि आर्थिक सुरक्षा तथा बचत गर्न यो बीमा योजना सर्व स्वीकार्य हुने निश्चित छ । यस योजनाको विस्तृत विवरण निम्नानुसार रहेको छः यस योजनाका आधारभूत सुविधाहरू, प्रतिबन्धहरू र वैधानिकताः क) न्यूनतम प्रवेश उमेर : १६ वर्ष […]

Read More
View More Products
Find Sanima Reliance Life Insurance Address

Find the nearest Sanima Reliance Life Insurance office to you.