जारी गरिएको मिति: २०७७/०६/११
यो योजना अन्तर्गत बिमितले तल उल्लेखित बीमा शुल्क भुक्तानी मध्ये आफ्नो इच्छा अनुरुप रोजेर सिमित समयको लागि बीमा शुल्क भुक्तानी गरी हरेक ५ वर्षमा जोखिम बहन वृद्धिको लाभ पाउन सक्नेछन् ।
बीमालेख अवधि (वर्ष) | बीमा शुल्क भुक्तान अवधि (वर्ष) | |||
१० | ८ | |||
१५ | ८ | १२ | ||
२० | ८ | १२ | १६ | |
२५ | ८ | १२ | १६ | २० |
जिवित रहेमा: बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बोनस (Simple Reversionary + Terminal, if any) पाइने ।
मृत्यु भएमा: बीमा अवधिमा बिमितको मृत्यु भएमा देहाए बमोजिम कुल बीमाङ्क रकम र आर्जित बोनस इच्छाइएको व्यक्तिलाई प्रदान गरिनेछ ।
वर्ष | बीमाङ्क रकम |
१-५ | बीमाङ्क रकमको १००% |
६-१० | बीमाङ्क रकमको १२५% |
११-१५ | बीमाङ्क रकमको १५०% |
१६-२० | बीमाङ्क रकमको २००% |
२१-२५ | बीमाङ्क रकमको २२५% |
योग्यता:
न्यूनतम बीमाङ्क रकम रु. ५०,०००
अधिकतम बीमाङ्क रकम कम्पनीको प्रत्याभूति नियममा तोकिए बमोजिम
न्यूनतम प्रवेश उमेर १६ वर्ष
अधिकतम प्रवेश उमेर ६५ वर्ष
न्यूनतम बीमा अवधि १० वर्ष
अधिकतम बीमा अवधि २५ वर्ष
अधिकतम बीमा समाप्ति उमेर ७५ वर्ष
बीमा शुल्क भुक्तानी अवधि ८,१२,१६,२० वर्ष
अतिरिक्त सुविधाहरु:
दुर्घटना मृत्यु सुविधा
बीमालेख अवधिमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा, इच्छयाइएको व्यक्तिलाई बीमाङ्क रकम बराबरको थप रकम वा रु.१ करोड मध्ये जुन कम हुन आउँछ सो रकम भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।
पूर्ण स्थायी अशक्तता सुविधा
बीमालेख अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा, बीमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।
बीमाशुल्क छुट सुविधा
बीमालेख अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा, घटना मिति पछि बीमाशुल्क भुक्तानी गर्नु पर्ने छैन ।