Sanima Reliance Life Insurance

वार्षिक धन वर्षा जीवन बीमा योजना

जारी गरिएको मिति: २०७५/०६/३१ 

वार्षिक  धन वर्षा जीवन बीमा योजना

यो बीमा योजना योजना अन्र्तगत बीमालेखको प्रत्येक वर्ष वार्षिकोत्सव मितिमा बीमाङ्कको ५(पाँच) प्रतिशत रकम भुक्तानी गरिनेछ । यसरी यो योजनाले नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै बीमाङ्कको पूर्ण रकम बराबरको रक्षावरण पनि प्रदान गर्दछ ।

 

परिपक्वता सुविधाः

१. १५ वर्ष अवधिको लागि: बाँकी बीमाङ्क रकम + आर्जित बोनस

२. २० वर्ष अवधिको लागि: बाँकी बीमाङ्क रकम + आर्जित बोनस + बीमाङ्क रकमको १० प्रतिशत थप (एक पटकको लागि)

 

मृत्यु भएमाः

इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम (वार्षिक भुक्तानी गरिसकेको रकम नघटाई)  र आर्जित बोनस प्रदान गरिने ।

योग्यता:

न्यूनतम बीमाङ्क रकम                   रु १००,०००

अधिकतम बीमाङ्क रकम               सिमा नभएको

न्यूनतम प्रवेश उमेर                       १८ वर्ष

अधिकतम प्रवेश उमेर                   ५५ वर्ष

अधिकतम् बीमा समाप्ती उमेर       ७५ वर्ष

बीमालेख अवधि                             १५  र २० वर्ष

अतिरिक्त सुविधाहरु:

दुर्घटना मृत्यु सुविधा
बीमालेख  अवधिमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा, इच्छयाइएको व्यक्तिलाई बीमाङ्क रकम बराबरको थप रकम वा रु.१ करोड मध्ये जुन कम हुन आउँछ सो रकम भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।

पूर्ण स्थायी अशक्तता सुविधा
बीमालेख  अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण  स्थायी रुपमा अशक्त भएमा,  बीमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।

बीमाशुल्क छुट सुविधा
बीमालेख अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा, घटना मिति पछि बीमाशुल्क भुक्तानी गर्नु पर्ने छैन ।

More Products
शुभलक्ष्मी (सावधिक जीवन बीमा)
शुभलक्ष्मी (सावधिक जीवन बीमा)

हामी नेपालीहरुको आकांक्षा अनुकूल हुने गरि नयाँ जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने कम्पनिको प्रतिवद्धता अनुसार कम्पनिको प्राविधिक तथा व्यवस्थापन  समुह र जीवन बीमाका विशेषज्ञ समेतको संयुक्त समुहबाट देशको सामाजिक तथा आर्थिक स्थितिलाई मध्य नजर गरि विभिन्न व्यवसाय वा पेशामा संलग्न समूह तथा व्यक्तिहरुको लागि उपयुक्त हुने अपेक्षा लिई “सानिमा शुभ लक्ष्मी” (सावधिक) जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गरिएको छ । कम्पनिले आर्जन गरेको मुनाफामा सरिक हुने गरि आर्थिक सुरक्षा तथा बचत गर्न यो बीमा योजना सर्व स्वीकार्य हुने निश्चित छ । यस योजनाको विस्तृत विवरण निम्नानुसार रहेको छः यस योजनाका आधारभूत सुविधाहरू, प्रतिबन्धहरू र वैधानिकताः क) न्यूनतम प्रवेश उमेर : १६ वर्ष […]

Read More
View More Products
Find Sanima Reliance Life Insurance Address

Find the nearest Sanima Reliance Life Insurance office to you.