Sanima Reliance Life Insurance

म्यादी जीवन बीमा

म्यादी जीवन बीमा

म्यादी जीवनबीमा मुनाफा रहित जीवन बीमा योजनाहरू मध्ये एक हुन् । म्यादी जीवन बीमा एक समग्रसार्वभौमिकवा लचिलो मुनाफा रहितको बीमा हो । यो मृत्युको जोखिम बिरूद्ध बीमा गर्ने प्रत्यक्ष लगानी होतर आश्रित परिवारलाई आर्थिक तवरले सुरक्षित राख्नु र दुर्भाग्यपूर्ण घटना विरुद्ध न्युनतम लगानीमा अधिकतम रक्षावरण नै सबैभन्दा महत्वपूर्ण लक्ष्य हो । यस योजनाको विस्तृत विवरण निम्न बमोजिम रहेको छ ।

यस योजनाका आधारभूत सुविधाहरूप्रतिबन्धहरू र वैधानिकताः

न्यूनतम प्रवेश उमेर १६ वर्ष

अधिकतम प्रवेश उमेर : ६५ वर्ष

न्यूनतम बीमाशुल्क भुक्तानी अवधि : ५ वर्ष

अधिकतम बीमाशुल्क भुक्तानी अवधि : २५ वर्ष

ङ् परिपक्वता को अधिकतम उमेर ७० वर्ष

न्यूनतम बीमाङ्क ,५०,०००।–

अधिकतम बीमाङ्क प्रस्तावकको आयस्रोतको आधारमा निर्धारण गरिने छ ।

बीमाशुल्क भुक्तानी तरिका : वार्षिक

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था :

बीमालेख चालु रहेको अवधिमा बीमितको दुर्भाग्यवस मृत्यु भएको खण्डमाबीमाङ्क रकम नजिक को हकवालालाई भुक्तानी गरिनेछ । यो योजना मृत्यु लाभको भुक्तानी पश्चात समाप्त हुनेछ र त्यस पछि कुनै भुक्तानी हुने छैन । यस योजना अन्तर्गत कुनै परिपक्वता लाभ भुक्तानी गरिने छैन ।

More Products
शुभलक्ष्मी (सावधिक जीवन बीमा)
शुभलक्ष्मी (सावधिक जीवन बीमा)

हामी नेपालीहरुको आकांक्षा अनुकूल हुने गरि नयाँ जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने कम्पनिको प्रतिवद्धता अनुसार कम्पनिको प्राविधिक तथा व्यवस्थापन  समुह र जीवन बीमाका विशेषज्ञ समेतको संयुक्त समुहबाट देशको सामाजिक तथा आर्थिक स्थितिलाई मध्य नजर गरि विभिन्न व्यवसाय वा पेशामा संलग्न समूह तथा व्यक्तिहरुको लागि उपयुक्त हुने अपेक्षा लिई “सानिमा शुभ लक्ष्मी” (सावधिक) जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गरिएको छ । कम्पनिले आर्जन गरेको मुनाफामा सरिक हुने गरि आर्थिक सुरक्षा तथा बचत गर्न यो बीमा योजना सर्व स्वीकार्य हुने निश्चित छ । यस योजनाको विस्तृत विवरण निम्नानुसार रहेको छः यस योजनाका आधारभूत सुविधाहरू, प्रतिबन्धहरू र वैधानिकताः क) न्यूनतम प्रवेश उमेर : १६ वर्ष […]

Read More
View More Products
Find Sanima Reliance Life Insurance Address

Find the nearest Sanima Reliance Life Insurance office to you.