Sanima Reliance Life Insurance

सुखमय जीवन बीमा योजना

जारी गरिएको मिति: २०७४/०८/०१

सुखमय जीवन बीमा योजना

Lifetime coverage at limited premium payment.

यो योजनाले तपाईलाई जीवन अवधि भर सुरक्षा प्रदान गर्दछ l  यो योजना अन्तर्गत बीमालेख अवधि समाप्ति पश्चात पनि बिमितलाई  १०० वर्षको उमेर सम्म जोखिम बहन प्रदान गर्दछ । यो योजनाले तपाईलाई सम्पत्ति व्यवस्थापनको अतिरिक्त तपाइको परिवारलाई भविष्यमा आईपर्ने आर्थिक क्षतिबाट सुरक्षा प्रदान गर्दछ ।

 

जिवित  रहदाको सुविधाः

बीमा अवधि समाप्तीमा: बीमितलाई बीमाङ्क रकम र बोनस दिइनेछ ।

बीमा अवधि समाप्ती पश्चात: बीमित १०० वर्ष पुगेमा बीमितलाई बीमाङ्क रकम दिइनेछ ।

मृत्यु भएमा: 

बीमा अवधि समाप्ती अगावै: तोकिएको बीमाङ्क रकम र आर्जित बोनस इच्छाईएको व्यक्तिलाई प्रदान गरिनेछ ।

यदि मृत्यु हुँदा बीमितको उमेर ११ वर्ष देखि १५ वर्षको बीचमा रहे बीमाङ्कको २५% रकम बीमितको मृत्यु भएको समयमा र बीमाङ्कको ७५% र बीमितको मृत्यु हुँदा सम्म आर्जित नियमानुसारको बोनस रकम बीमा अवधि समाप्त हुँदा भुक्तानी दिइनेछ ।

बीमा अवधि समाप्ती पश्चात: तोकिएको बीमाङ्क रकम इच्छाइएको व्यक्तिलाई प्रदान  गरिनेछ ।

 

योग्यता:

न्यूनतम बीमाङ्क रकम                    रु. १,००,०००

अधिकतम बीमाङ्क रकम                आम्दानी श्रोत र बीमा शुल्क भुक्तान क्षमतामा निर्भर रहने

न्यूनतम प्रवेश उमेर                        ११ बर्ष

अधिकतम प्रवेश उमेर                   ६५ बर्ष

न्यूनतम बीमा अवधि                      ५ वर्ष

अधिकतम बीमा अवधि                  ५९ वर्ष

अधिकतम बीमा समाप्ति उमेर       ७० वर्ष

अतिरिक्त सुविधाहरु:

घातक रोग रक्षावरण 

यो सुविधा अन्तर्गत बिमितलाई बीमा अवधिमा उल्लेखित घातक रोग मध्ये  एक घातक रोगको चिकित्सकीय रुपमा प्रमाणित भएमा बीमितलाई बीमाङ्क बराबरको रकम वा रु. ५० लाख मध्ये जुन कम हुन आउँछ सो एक मुष्ठ प्रदान गरिनेछ ।

दुर्घटना मृत्यु सुविधा
बीमालेख  अवधिमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा, इच्छयाइएको व्यक्तिलाई बीमाङ्क रकम बराबरको थप रकम वा रु.१ करोड मध्ये जुन कम हुन आउँछ सो रकम भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।

पूर्ण स्थायी अशक्तता सुविधा
बीमालेख  अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण  स्थायी रुपमा अशक्त भएमा,  बीमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।

बीमाशुल्क छुट सुविधा
बीमालेख अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा, घटना मिति पछि बीमाशुल्क भुक्तानी गर्नु पर्ने छैन ।

मासिक आय सुविधा
यो सुविधा ११ देखी १४ बर्ष सम्मका बच्चाहरुका लागि मात्र लागू हुन्छ । बीमालेख अवधिमा प्रस्तावकको  मृत्यु  भएमा, बीमित (बच्चा) लाई बीमाङ्क बराबरको १ प्रतिशत रकम हरेक महिना १६ बर्ष नपुगुन्जेल सम्म प्रदान गरिनेछ ।

More Products
शुभलक्ष्मी (सावधिक जीवन बीमा)
शुभलक्ष्मी (सावधिक जीवन बीमा)

हामी नेपालीहरुको आकांक्षा अनुकूल हुने गरि नयाँ जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने कम्पनिको प्रतिवद्धता अनुसार कम्पनिको प्राविधिक तथा व्यवस्थापन  समुह र जीवन बीमाका विशेषज्ञ समेतको संयुक्त समुहबाट देशको सामाजिक तथा आर्थिक स्थितिलाई मध्य नजर गरि विभिन्न व्यवसाय वा पेशामा संलग्न समूह तथा व्यक्तिहरुको लागि उपयुक्त हुने अपेक्षा लिई “सानिमा शुभ लक्ष्मी” (सावधिक) जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गरिएको छ । कम्पनिले आर्जन गरेको मुनाफामा सरिक हुने गरि आर्थिक सुरक्षा तथा बचत गर्न यो बीमा योजना सर्व स्वीकार्य हुने निश्चित छ । यस योजनाको विस्तृत विवरण निम्नानुसार रहेको छः यस योजनाका आधारभूत सुविधाहरू, प्रतिबन्धहरू र वैधानिकताः क) न्यूनतम प्रवेश उमेर : १६ वर्ष […]

Read More
View More Products
Find Sanima Reliance Life Insurance Address

Find the nearest Sanima Reliance Life Insurance office to you.