Sanima Reliance Life Insurance

बीमा दाबी दर्ता प्रकृया :
(क)      दाबीकर्ताले बीमालेख प्रकार तथा दाबी प्रकार अनुसारको यस कम्पनीले तयार गरेको ढाँचामा दाबी फाराम भरी कम्पनीको मुख्य कार्यालयमा आफ्नो दाबी दर्ता गर्नुपर्नेछ ।
(ख)      यदी एक भन्दा बढी हकवाला वा एक भन्दा बढी दाबीकर्ता भएमा प्रत्येक दाबीकर्ताले छुट्टाछुट्टै दाबी फाराम भरी दर्ता गराउनु पर्नेछ ।
(ग)       दाबीकर्ताले आफ्नो दाबी यस कम्पनीको मुख्य कार्यालयमा दर्ता गराउनु पर्नेछ । यदी दाबीकर्ताको लागि स्वयम मुख्य कार्यालयमा उपस्थित हुन सहज नहुने भएमा शाखा कार्यालयहरु मार्पmत समेत आफ्नो दाबी दर्ता गराउन सक्नेछन् ।
(घ)       दाबीकर्ताले सम्पुर्ण कागजातको सक्कल प्रति कम्पनीको मुख्य कार्यालयमा पठाउनु पर्नेछ ।
(ङ)      आवश्यक सम्पुर्ण कागजपत्रको सक्कल प्रति मुख्य कार्यालयमा प्राप्त भए पश्चात मात्र दाबी सम्बन्धि अन्य प्रकृया शुरु गरिनेछ ।
(च)       दाबीकर्ताले दाबी फाराम सँगै आफ्नो परिचयपत्र समेत पेश गर्नु पर्नेछ ।
(छ)       दाबी विभागबाट दाबी फाराम पुर्ण रुपमा सहि तरीकाले भरिएको छ वा छैन भनि जाँच गर्नेछ र यदी फाराममा कुनै त्रुटी भएमा वा कुनै जानकारी अपुग देखिएमा दाबीकर्तालाई तत्काल सो त्रुटी सच्याउन वा अपुग जानकारी तत्काल उपलब्ध गराउन सुचित गरिनेछ ।

आवश्यक कागजपत्र :
बीमालेख अन्तर्गतको दावी भुक्तानीको लागि दावीको प्रकृति अनुसार तपसिल बमोजिमका कागजातहरु बीमक समक्ष पेश गर्नु पर्नेछ ।
(क) बीमालेखबाट कर्जा लिनको लागि :
१. बीमितबाट लिखित निवेदन ।
२. सक्कल जीवन बीमालेख ।
३. बीमा शुल्क भुक्तानी रसिद ।
४. तमसुक ।

(ख) समर्पण मुल्य भुक्तानीको लागि : (Surrender Payment)
१. बीमितबाट लिखित निवेदन ।
२. बीमा शुल्क भुक्तानी रसिद ।
३. सक्कल जीवन बीमालेख ।
४. समर्पण मुल्य दावी फर्छ्यौट पूर्जा ।

(ग) विद्यमानता हितलाभ दावी  (Survival Benefits)
१. लिखित निवेदन ।
२. सक्कल बीमालेख ।
३. बीमा शुल्क भुक्तानी रसिद ।
४. दावी फर्छ्यौट पूर्जा ।

(घ) अवधि भुक्तानी दावी (Maturity Payment)
१. बीमितको लिखित निवेदन ।
२. सक्कल जीवन बीमालेख ।
३. बीमा शुल्क भुक्तानी रसिद ।
४. दावी फर्छ्यौट पूर्जा ।

(ङ) मृत्यु दावी भुक्तानी (Death Claim Payment)
१. बीमालेखमा ईच्छाएको व्यक्ति/कानूनी हकवालाबाट लिखित निवेदन ।
२. सक्कल जीवन बीमालेख । बीमित र इच्छाएको व्यक्ति दुवैको नागरिकताको प्रमाणित प्रतिलिपि नाबालकको हकमा जन्मदर्ताको प्रमाण–पत्र ।
३. सम्बन्धित गा.पा. वा न.पा. को वडा कार्यालयबाट जारी मृत्यु दर्ता प्रमाणपत्र ।
४. सम्बन्धित गा.पा. वा न.पा. को वडा कार्यालयबाट जारी नाता प्रमाणीत प्रमाणपत्र ।
५. कुनै स्वास्थ्य प्रतिष्ठान वा अस्पतालमा मृत्यु भएको भए सो को मृत्यु सम्बन्धी प्रमाणपत्र (Death Certificate) ।
६. कुनै चिकित्सक वा अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भएको भए बीमकले उपलब्ध गराएको Medical Attendants Certificate सम्बन्धित चिकित्सक वा अस्पतालबाट भराई पेश गर्नु पर्नेछ ।
७. दुर्घटनाबाट बीमितको मृत्यु भएको भए शव परिक्षण प्रतिवेदन (Post Mortem Report) वा प्रहरी अनुसन्धान प्रतिवेदन ।
८. बीमकले आवश्यक ठानेमा अन्य कागजात÷जानकारी समेत माग गर्न सक्नेछ ।
९. दावी भुक्तानीको लागि पेश गरिने प्रत्येक छाँयाप्रति नोटरी पब्लिकबाट प्रमाणीत गरी पेश गर्नु पर्नेछ ।
१०. बीमितको मृत्यु घोषणा गर्ने चिकित्सकको विवरण, सहिछाप ।
११. पत्रपत्रिकामा प्रकाशित समाचार, श्रद्धाञ्जली, समवेदना (यदी उपलब्ध भएमा) सो समेत पेश गर्नुपर्नेछ ।
१२. सम्बन्धित अभिकर्ताले दिएको मृत्यु सम्बन्धी जानकारी ।
१३. दावी विभागले तोकिदिएका अन्य विवरणहरु ।

दाबी फर्स्यौट समयावधि : (सम्पूर्ण कागजपत्र बुझाएको १५ कार्यदिन )

(च) दुर्घटनाबाट पुर्ण अशक्तता भई बीमा शुल्क छुट सुविधा वा पुर्ण अशक्तता सुविधा दाबी गर्न आवश्यक कागजात ः
(१)        सम्पुर्ण सम्बन्धित विवरण सहित बीमितबाट पुर्ण अशक्तता सम्बन्धमा कम्पनीलाई लिखित जानकारी दिनु पर्नेछ ।
(२)       बीमित तथा उपचारमा संलग्न चिकित्सकले भरेको दाबी फाराम ।
(३)        दुर्घटनाबाट अशक्तता सम्बन्धमा ल्याब परिक्षण सम्बन्धी सम्पूर्ण प्रतिवेदनहरु पेश गर्नु पर्नेछ ।
(४)       उपचारमा संलग्न चिकित्सकको उद्घोषण रहितको अशक्तता सम्बन्धी प्रमाणीत प्रमाणपत्र ।
(५)       यदी दाबीकर्ताले पुर्ण अशक्तता बापत मासिक सुविधा प्राप्त गर्ने भएमा प्रत्येक दाबीसँगै स्वास्थ्य रीपोर्ट तथा अन्य थप विवरण माग गर्न सकिनेछ ।
(६)       यदी दुर्घटनाबाट पुर्ण अशक्तता भएको भएमा प्रहरी प्रतिवेदन तथा स्थानीय तहको सर्जमीन मुचुल्का ।

दाबी फर्स्यौट समयावधि : (सम्पूर्ण कागजपत्र बुझाएको १५ कार्यदिन )

Find Sanima Reliance Life Insurance Address

Find the nearest Sanima Reliance Life Insurance office to you.